Logo

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण देखियो



दिल्ली, २६ साउन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीपनि कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् मुखर्जीले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी गराएका छन् ।

आफू अरू नै समस्याको स्वास्थ्य जाँच गराउन अस्पताल गएका बेला कोरोना पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मुखर्जीले स्पष्ट पारेका छन् । पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न पनि उनले विशेष अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्