Logo

गाउँपालिकाका नासु घुससहित पक्राउ



काठमाडौं, २६ साउन । जोशीपुर गाउँपालिकाका नासु सिद्धराज जोशीमाथि भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । कैलाली जोशीपुर गाँउपालिकाबाट सिलाई कटाई तालिम, सैलुन तालिम र चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुस मागेका जोशीमाथि उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८५ हजार नगदसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियारले नियन्त्रणमा लिएर गरेको अनुसन्धानबाट नासु जोशीले आगामी दिहरुमा कामबाट बन्चित गराउनेसमेत धम्की दिई बाध्य पारी ८५ हजार घुस लिएको पुष्टि भएको थियो ।
उनलाई कानुन बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्