Logo

टोपबहादुर रायमाझी ओली समुहमा प्रवेश गरेका हुन् ?



काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी पछिल्लो समय पार्टी एकताको पक्षधर समुहमा छन् । उनीसहित ११ जना स्थायी कमिटी सदस्यहरुले समुह बनाएर पार्टी नेतृत्वमाथि दबाब सृजना गरिरहेको छ ।

पूर्व माओवादी रायमाझी पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट छन् । प्रचण्डले माओवादी छाडेर पुनः फर्किएकालाई अवसर दिएपछि असन्तुष्ट थिए । आफूले अप्ठ्यारो समयमा प्रचण्डलाई साथ दिएपनि अवसरबाट वञ्चित गरेकोमा असन्तुष्ट रायमाझीले पछिल्लो समय प्रधानमन्त्री ओली निकटसँग भेटघाट बाक्लो बनाएका छन् । उनले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई भेटेका छन् ।

भेटपछि थापाले उनलाई पार्टी एकता र सहमतिका हिमायती भनी प्रशंशा गरेका छन् । यसलाई निकै अर्थपूर्ण मानिएको छ । ओली पक्षले रायमाझीलाई आफ्नो साथमा ल्याउन कोशिश गरिरहेको छ ।-Photo Source: Surya Thapa 



प्रतिक्रिया दिनुहोस्