Logo

यसरी भयो टाउको अलग पारिएको शव र हत्या भएको घरको पहिचान



काठमाडौं, २६ साउन । प्रहरीले हिजो सुटकेश र झोलामा शरीर र टाउको अलग अलग पारेर फालेको अवस्थामा एउटा शव फेला पारेको थियो । शव फेला परेको २४ घन्टाभित्र मृतकको पहिचान खुल्यो । लगत्तै हत्या गरिएको घर ।

गोंगबुमा भएको घटनामा मृतक दाङ घर भएका कृष्णबहादुर बोहराको पहिचान खुलेको हो । उनी गार्मेन्टमा काम गर्थे । घरभन्दा ५० मिटर पर शव फेला परेको थियो । प्रहरीले अत्याधुनिक अनुसन्धान प्रविधि र तालिम प्राप्त कुकुरको प्रयोग गरी घटनास्थल पत्ता लगायो ।

मृतकको पहिचान उनका मामाले गरेका थिए । शवको सनाखत भएपछि प्रहरीले सोधपुछका क्रममा घटना भउको चार तल्ले घर समेत पत्ता लगायो । सोही घरको कोठामा घटना घटेको थियो । घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ चलिरहेको छ । प्रहरीले छिट्टै अभियुक्त पत्ता लगाइने भन्दै अनुसन्धान जारी भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot