Logo

किस्ट अस्पतालमा काभ्रेका कोरोना संक्रमितको मुत्यु



ललितपुर, २६ साउन । किस्ट अस्पतालमा भर्ना भएका पुरुषको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ । काभ्रे घर भएका ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक आइतबार निमोनियाको उपचारको लागि किस्ट अस्पताल पुगेका थिए ।

पुरुषमा निमोनिया भएकोले कोरोना भाइरसको पनि जाँच गराएको र जाँचमा कोरोना पोजेटिभ देखिएको बुझिएको छ । उनको आइसीयुमा उपचारको क्रममा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्