Logo

टाइगरकी आमाले फोटो सेयर गर्दै लेखिन्, सफलता मेरो र अरु कोही ईष्यालु हुन्



एजेन्सी, २६ साउन । बलिउड कलाकार सुशान्त राजपुतले आत्महत्या गरेपछि लगातार रुपमा परिवारवादको कुराले स्थान पाएको छ । कोहि कलाकारहरुले त मुख खोलिसकेका छन् । यसैक्रममा आज पृष्ठभुमिका कलाकारमाथि निशाना बनाएका छन् । आज टाइगर श्राफकी आमा र जैकी श्राफको पत्नी आएशा श्राफले टाइगरमाथि परिवारवादको लगाइएको आरोपको जवाफ दिएकी छिन् । उनले इन्स्टाग्राममा टाइगरको तस्वीर सेयर गरेर लेखेकी छिन्, ‘सफलता मेरो, जल्ने अरु कोही, मेहेनत मरो थाक्छन अरु कोहि । ’

आयशाले इन्स्टाग्राममा सेयर गरेको फोटोमा टाइगरको सुपर बडी देख्न सकिन्छ । साथमा आयशाले टाइगरको आफ्नै मेहेनत र परिश्रम देखाउन खोजेकी हुन् । उक्त तस्वीरले टाइगरले धेरै नै चिसो भएको स्थानमा पनि नाङ्गो शरीरमा शुट गरिरहेको देख्न सकिन्छ र छोराको तारिफ पनि गरेकी छिन् । उनले आफ्नो छोराको मेहेनत प्रदर्शित गरेकी हुन् ।

आजसम्म उने टाइगरको मेहेनतमा थप प्रोत्साहन मात्र गर्दिनन् उनको बिरुद्ध औला उठाउनेलाई पनि जबाफ दिदै आएकी छिन् । परिवारबाद भनेर तैमुर टाइगरको तस्वीर सेयर गरेका निर्देशक अनुरागलाई माफी माग्ने गरी जवाफ दिएकी थिइन् । टाइगर आफ्नो मेहेनत र परिश्रमले टिकेको उनको भनाई रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्