Logo

प्रधानन्यायाधीश जबरामाथि बार एशोसिएशनको गम्भीर आरोप



साउन २६, काठमाण्डौ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको ठहर गरेको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलनको आयोजना गरी प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको हो ।

अध्यक्ष चण्डेश्वर श्रेष्ठद्धारा हस्ताक्षर गरिएको १७ बुँदे ध्यानाकर्षण पत्रमा न्यायपालिका भित्रको विसंगति विकृति हटाउन प्रधानन्यायाधीश असफल भएको आरोप लगाइएको छ । बारले प्रधानन्यायधिस झिना मसिना कुराहरुमा अल्झीरहनुले जनताले चाहेको खास कुराको समाधान हुन नसकेको बताइएको छ ।

बारले एक महिना भित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिएको छ । यस्तै अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदानुकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषदमा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग गरेको छ ।

न्याय क्षेत्र भित्रका विसंगती, विकृति, बिचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न समेत बारले माग गरेको छ । यस्तै वरिष्ठ अधिवक्ताको उपाधी आफुखुसी वितरण नगर्न समेत माग गरेको छ । यस्तै न्यायाधीश र नेपाल बार एशोसिएशनको पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानविन गरि सार्वजनिक गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्न समेत बार एशोसिएशनले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्