Logo

८३ वर्षका वृद्धले दैनिक आफ्नो पत्नीलाई यस्तो रुपमा हेर्न चाहना राखेपछि…



विवाह पछि एक पतिले आफ्नो पत्नीको हरेक जिम्मेवारीलाई स्विर्काछन् र जिन्दगी भर उसको रक्षा गर्छन् । आज हामी ८३ वर्षका एक यस्ता वृद्धको बारेमा चर्चा गर्छौ जसले यो जिम्मेवारीको पालन गरे । उनले आफ्नी श्रीमतीको लागि यस्तो गरेर देखाए जसले एकैछिनमा सबैको प्यारो बने ।

८३ वर्षका पाल ब्रोकमैन नामका यी व्यक्तिले आफ्नो श्रीमती मार्गेटलाई धेरै माया गर्छन् । मार्गेटले हरेक दिन नयाँ ड्रेस लगाउन भन्दै ५५ हजार कपडा पालले उपहार दिएका छन् । मार्गेटले कुनै पनि कपडा दोहो¥याएर लगाउदिनन् ।

यी रमाइला जोडीको भेट आज भन्दा धेरै वर्ष अगाडी भएको थियो । एक नृत्य कार्यक्रममा भएको थियो । नृत्य गर्दा गर्दै नजिक भएका यो जोडी दिन गएको थाहा नै भएन् । पाललाई कहिले पनि दोहोरिएर कपडा लगाएको मन नपर्ने भएकोले उनीसँग कुल ५५ हजार कपडा संकलन भएका छन् । ६१ वर्षदेखि डिजाइनरसँग कपडा खरिद गर्दै जम्मा पारेका थिए ।

उनीहरुले सबै कपडालाई सजाएर राखेका छन् । हरेक दिन कपडालाई हेर्दा पुरानो दिन सम्झना आउने भएकोले उनीहरु कपडा हेरेर धेरै खुशी हुनेगर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्