Logo

श्रीकृष्ण बारे १० रोचक जानकारी



भगवान श्रीकृष्णको बारेमा धेरै विषयहरु छन् । हिन्दु देवी देवताहरुमा श्रीकृष्णको स्थान विशेष छ । हिन्दू धर्ममा यदि भगवानहरुमा कसैको अवतारको बारेमा सबैभन्दा धेरै चर्चा कृष्णको हुनेगरेको छ । आज धेरै कृष्ण जन्माष्टमी विशेष रुपमा मनाइन्छ ।

श्रीकृष्णको बारेमा आज हामी यस्तो कुरा बताउछौ जुन कुरा हामी मध्ये धेरैलाई थाहा छैन ।

  • श्रीकृष्णको जन्म रोहिण नक्षत्रमा भएको हो । देवकी र वासुदेवको आठौ सन्तान हुन् कृष्ण । श्रीकृष्णको जन्म भन्दा पहिले नै कंसले उनका दाजुहरुलाई मारेका थिए । कृष्ण जेलमा जन्मेका थिए । देवकीले जन्म दिएपनि यसोदाले पालन पोषण गरेकी थिइन् ।
  • श्री कृष्णको गुरु सन्दीपनि थिए, श्रीकृष्णले गुरु सन्दीपनिलाई उनको मरेको छोरा गुरु दक्षिणाको रुपमा दिएका थिए ।
  • श्रीकृष्णले देवकी को ६ वटा बच्चाहरु फिर्ता बोलाएका थिए । कृष्णले नै वासुदेव र देवकीसँग सबै मरेका बच्चाहरुको भेट गराएका थिए । ती ६ बच्चाहरु हिरण्यकश्यपको नाती थिए र एक श्रापमा परेका थिए ।
  • गोकुलमा वर्षौदेखि भगवान इन्द्रको पुजा गरेर पानी पर्ने विश्वासमा थिए । तर बलराम र कृष्णले इन्द्रको पुजाको विरोध गरेर हलो बोकेर खेतमा गए । इन्द्र रिसाएर अत्यधिक आकाशबाट पानी पारीदिए । तर कृष्णको बृद्धि र कौशलद्धार द्धारा गो–गोपिनी, गाई आदीको रक्षा गरे । यसकारण इन्द्रको पुजाको स्थानमा गोवर्धन पुजाको स्थापना गरेका थिए ।
  • द्रौपदी चीरहरणको समयमा श्रीकृष्णले सारी बढाइदिएका थिए । उनले सारी बढाउनुको कारण शिशुपालको हत्या गर्दा सुर्दशन चक्रले कृष्णको औला काट्दा रगत बग्दै गर्दा द्रौपदीले औलामा सारीको टुक्रा च्यातेर बाधिदिएकी थिइन् । कृष्णले तिम्रो या गुण तिर्छु भनेका थिए ।
  • श्री कृष्णको १० हजार १ सय ८ गोपिनी थिए । जसमा ८ जना उनकी रानी थिए । ८ रानीका जम्मा ८० बच्चा थिए । रुक्मणीलाई लक्ष्मीको अवतार मानिएको छ ।
  • श्री कृष्ण र बलरामको बहिनी सुभद्रा थिइन् । सुभद्रा वासुदेव र रोहिणीको छोरी हुन् । बलरामले उनको विवाह दुर्योधनसँग गराउन चाहेका थिए अरुले भने तयार थिएनन् । श्रीकृष्णले सुभद्रा र अर्जुनलाई अपहरण सल्लाह दिएका थिए ।
  • श्रीकृष्णको साथमा राधाको नाम प्राय जोडिन्छ तर कुनै पनि धर्म ग्रन्थमा राधाको बारेमा बताइएको पाइदैन ।
  • एकलव्य जसले द्रोणाचार्यलाई आफ्नो औला गुरु दक्षिणमा काटेर दिएका थिए । उसको सम्बन्ध कृष्णसँग थियो । कृष्णका काकाको छोरा थिए एकलव्य । एकलव्य जंगलमा हराएका थिए र हिरण्यधनुले भेट्टाएका हुन् ।
  • कृष्णले रणभुमिमा अर्जुनलाई मात्र गीताको सार सुनाएका थिएनन् । अर्जुनको साथमा हनुमान र सन्जयले पनि गीताको सार सुनेका थिए । गीता सन्ने समयमा हनुमान अर्जुनको साथमा थिए भने सन्जयले आफ्नो दिव्य दृष्टिले गीताको सार सुनिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्