Logo

टाउको अलग पारिएको विभत्स हत्याकी आरोपी यसरी पक्राउ परिन्



काठमाडौं, २६ साउन । गोंगबुमा भएको विभत्स हत्या प्रकरणकी आरोपीमध्येकी एक महिला पक्राउ परेकी छिन् । उनलाई आज चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपी कल्पना शाहीलाई चितवनको टाँडीस्थित माधवपुरबाट आज दिउँसो पक्राउ गरिएको हो । उनी घटनाको आरोपी भएको र थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदैछ । हत्या गरिएका पुरुषको पहिचान पछि घटनास्थलको पनि पहिचान भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा आरोपीको पहिचान गरेको हो ।

यसअघि आइतबार विहान प्रहरीले सुटकेश र झोलामा शरीर र टाउको अलग अलग पारेर फालेको अवस्थामा एउटा शव फेला पारेको थियो । शव फेला परेको २४ घन्टाभित्र मृतकको पहिचान खुल्नुको साथै हत्या गरिएको घरको कोठा पनि पत्ता लागेको थियो ।

गोंगबुमा भएको घटनामा मृतक दाङ घर भएका कृष्णबहादुर बोहराको पहिचान खुलेको हो । उनी गार्मेन्टमा काम गर्थे । घटना भएको घरभन्दा केही पर सुटकेशमा शव फेला परेको थियो ।

मृतकको पहिचान उनका मामाले गरेका थिए । शवको सनाखत भएपछि प्रहरीले सोधपुछका क्रममा घटना भएको चार तल्ले घर समेत पत्ता लगाएको थियो । घटनास्थल र घटनासँग सम्बन्धित विषयबारे गहिरो अनुसन्धानपछि प्रहरी प्रारम्भिक निष्कर्षमा पुगिसकेको बुझेको छ । घटनाको थप छानबिनपछि भोलि या पसिंभित्र पत्रकार सम्मेलन गरी वृस्तृत जानकारी गराउने प्रहरी स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्