Logo

विज्ञानदेव पाण्डे उपरथीमा बढुवा



काठमाडौं, २६ साउन । सरकारले सहायकरथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गरेको छ । यसअघि नेपाली सेनाका प्रवक्ता रहिसकेका पाण्डेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो ।

पाण्डे मध्यपश्चिम पृतनाको कामु पृतनापति हुन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाले विश्वास गरेका सैनिक अधिकृतमा पर्छन् ।

यसैगरी, मन्त्रिपरिषद बैठकले एकजना महासेनानीलाई खाली रहेको सहायकरथी पदमा बढुवा गरेको छ । एक दर्जन सहायकरथीको सरुवा समेत गरेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्