Logo

टाउको छुट्टाइएको अवस्थामा गोङ्गबुमा फेला परेको शव रोल्पाका कृष्णबहादुर बोहराको



काठमाडौँ, २७ साउन । गोङ्गबु गणेशस्थान सडक किनारामा आइतबार सुटकेशभित्र फेला परेको बेवारिसे शवको प्रहरीले सनाखत गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, सनाखत भएका व्यक्ति रोल्पा घुम्तीगढी निवासी ४५ वर्षीय कृष्णबहादुर बोहरा भएको खुलेको छ ।

नयाँबजारस्थित गार्मेण्टबाट कपडा खरिद गरी घुमन्ते व्यापार गर्दै आएका बोहराको सोही राति घटनास्थलनजिकै एक घरको तीन तलामाथि कोठामा हत्या भएको जानकारी महाशाखा प्रमुख दीपक थापाले दिनुभयो ।

‘शवको सनाखतसंँगै हत्या घटनास्थल र संलग्न व्यक्तिको पहिचान भइसकेको छु, उहाँले भन्नुभयो, अभियुक्तको पक्राउपछि मात्र हत्याको कारण खुल्नेछ ।ु सुटकेशभित्र दुई हातसहितको आधा भाग फेला परेको केही समयपछि करिब तीन सय मिटर पर टाउको र खुट्टा भेटिएको थियो ।

प्रहरीले विभत्स अवस्थामा फेला परेको उक्त शवको सनाखत गर्न मृतकको अनुहारसहितको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक भएको २४ घण्टा नबित्दै शवको सनाखत भएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्