Logo

कांग्रेस पुनर्जागरणका लागि रामचन्द्रको सात बुँदे प्रस्ताव



काठमाडौं , २७ साउन । नेपाली कांग्रेसको आगामी महाधिवेशन माहोल तात्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि सात बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय साकार पार्न कर्मशील कांग्रेसको निर्माणु अभियानसहित सोमबार सातबुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्। उनले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले कांग्रेस बलियो हुने जनाएका छन्।

उनले संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्र्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गरेका छन्। नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे
दृष्टिकोण स्पष्ट पारेका हुन्।

‘नेपालको अखण्डता र स्वाभिमानको रक्षा, बलियो अर्थ–कुटनीतिक अभ्यास, भाईचारामा आधारित असंलग्न नीति,बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन गर्नेु लक्ष्य उनको प्रस्तावमा उल्लेख रहेको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्