Logo

कृष्णमन्दिर खोलिएन



बाँके, साउन २७ । यस वर्ष कोरोनाको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा रथयात्रा एवं शोभायात्रा नहुने भएको छ ।

बाँके र बर्दिया कोरोनाको रेडजोन एरियामा भएकाले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आआफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।

बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर कोरोना सङ्क्रमणको जोखिमका कारण सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरुले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्