Logo

गाँजासहित पक्राउ



मकवानपुर, २७ साउन । अवैध लागूऔषध सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १४ र १५ स्थित सडकबाट एक सय मिलीको १ सय ९५ बोतल नियन्त्रित लागूऔषध उइनरेक्स र ६ सय ट्याबलेट नाईट्राभेटसहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिकाका प्रदिप पाण्डे, बिरेन मोक्तान, बुद्धि घिसिङ र पर्सा वीरगंज उपमहानगरपालिकाका किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर तथा प्रहरी चौकी मयुरधापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बीआर ०५ एए०६०५, ग.५ प ४२२३ र प्रदेश ३–०२–००२ प ४५४१ नम्बरका ३ वटा मोटरसाइकलमा सवार उनीहरूको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै भक्तपुर सूयविनायकबाट १ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ सत्यश्वर घर भएका मिलन केसी र सिन्धुपाल्चोक ईन्द्रावती घर भएका राम बहादुर रायमाझी रहेका छन् । बा.३ ख २२२६ नम्बरको साझा बसमा गाँजा रहेको सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उक्त बसबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी सर्लाही लालबन्दीबाट अवैध लागूऔषध गाँजा २० केजी सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रविन्द्र लामा र सुरेश पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्