Logo

पुटिनद्वारा छोरीले कोरोना भ्याक्सिन लगाएको खुलासा



एजेन्सी, २७ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीले कोरोना भाइरसको भ्याक्सिन लगाएकी छिन् । रुसले विकास गरी दर्ता गरेको विश्वकै पहिलो कोरोना भ्याक्सिनको प्रयोग राष्ट्रपतिकै छोरीमाथि पनि भएको हो ।

पुटिनले आफ्नी एक छोरीले नै खोप लगाइसकेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पुटिनका दुई छोरी छन् । मारिया पुटिना र याकाटेरिना पुटिनामध्ये कस्ले भ्याक्सिन लगाए यकिन भने भएको छैन ।

पुटिनले छोरीले दुई दिन लगातार भ्याक्सिन परीक्षणका क्रममा लगाएको खुलाएका छन् । पहिलो दिन भ्याक्सिन लगाउँदा ज्वरो बढेर १००.४ फरेनहाइट कटेको र विस्तारै झरेको जानकारी दिए । दोस्रो ज्वरो ९८.६ फरेनहाइट पुगेको थियो । दोस्रो पटक पनि केही तापक्रम बढेपनि झरेको थियो ।

अहिले आफ्नी छोरी राम्रो अवस्थामा रहेको र एन्डीबडी धेरै रहेको पुटिनले बताए । उनले अब भ्याक्सिन अनिवार्य बनाइउको जानकारी दिए ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्