Logo

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर



एजेन्सी, २७ साउन । कोरोना भाइरसको संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर भएको छ । स्वास प्रश्वासमा समस्या बढेपछि उनलाई भ्यान्टिलेटरमा राखिएको छ ।

टाइम्स अफ इन्डियाले उनलाई राखिएको आर्मीज रिसर्च एन्ड रिफरल हस्पिटलको भनाई उदृत गर्दै सोमबार मस्तिष्कको शल्यक्रिया गरेपछिको अवस्था झन् गम्भीर भएको खबर प्रकाशित गरेको छ । ८४ वर्षीय मुखर्जी मस्तिष्कको शल्यक्रिया अघि कोभिड १९ को संक्रमित भएको पत्ता लागेको थियो । उनी गम्भीर अवस्थामा अस्पताल लगिएका थिए ।

मुखर्जी बौद्धिक र वाकक्षमता राख्ने नेताका रुपमा चिनिन्थे । भारतका पूर्व विदेशमन्त्री समेत रहेका मुखर्जी सन् २०१२ देखि २०१७ बीच राष्ट्रपति भएका थिए । उनको नेपालका नेताहरुसँग पनि निकट सम्बन्ध रहेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्