Logo

आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका चारजना को को (विवरणसहित)



काठमाडौं, २७ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप चारजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ८३ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये एक जना २६ साउनमा, एक जना २७ साउनमा, एक जना २५ साउनमा र एक जना २२ साउनमा मृत्यु भएको हो ।

मृत्यु हुनेको विवरण
१. धनुषा जिल्ला विहीयर नगरपालिका २ का ६० वर्षीय पुरुषको २६ साउनमा मृत्यु । प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु ।
२. धनुषा जिल्ला मिथिलाबिहारी नगरपालिका ५ का ५० वर्षीय पुरुषको २५ साउनमा मृत्यु । जनकपुर क्यान्सर अस्पतालमा काम गर्ने । २५ साउनमा कोरोना संक्रमणबाट मृत्यु पुष्टि
३.काभ्रे जिल्ला पाँचआल नगरपालिका १ की ५० वर्षिय महिला २७ साउनमा मृत्यु । किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु ।
४.सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका ४ का ८४ वर्षिय पुरुष २२ साउनमा मृत्यु । त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु ।



प्रतिक्रिया दिनुहोस्