Logo

सरकारले भन्यो : अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहन्छ



काठमाडौं, २७ साउन । अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जानकारी गराएका हुन् ।  खतिवडाले भने,”शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्