Logo

सुशान्तको बाबु र बहिनीले भनेः आत्महत्या होइन हत्या हो



एजेन्सी, २७ साउन । सुशान्तको पिता र बहिनीले आत्महत्या नभई हत्या भएको बताएका छन् । सुशान्तको पिता र बहिनीले सीबीआईले आत्महत्या गर्न उकास्नेमा नभई सुशान्तको हत्याको रुपबाट हेर्नु पर्ने बताएका हुन् ।

सीबीआईले सुशान्तका बुबा केके सिंहको यो बयान उनकै ज्वाई ओपी सिंहको घरमा रेकर्ड गरिएको हो जो फरियावादका प्रहरी आयुक्त हुन् । सीबीआइले सुशान्तका ४ दिदी बहिनीसँग सोधपुछ गर्नेछ । सुशान्तको पिताले रिया चत्रलवर्ती, उनका पिता इन्द्रजीत, आमा सन्ध्या, भाइए शोविक र उनका बिजनेस म्यानेजर श्रुती मोदीमाथि चोरी, ब्लैकमेलिङ, शोषण र उत्पीडनको आरोप लगाएर एफआईआरमा मुद्दा हालेका छन् ।



प्रतिक्रिया दिनुहोस्