Logo

सन्जय दत्त अस्पतालबाट डिस्चार्ज



एजेन्सी, २७ साउन । बलिउड स्टार सन्जय दत्त लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी ३ दिन अगाडी स्वास्थ्यमा समस्या भएकोले अस्पतालमा भर्ना भएका थिए । हाल उनी स्वस्थ्य भई आफ्नो घर फर्केका छन् ।

सन्जय दत्तको कोरोना भाइरसको पनि जाँच गरिएको थियो, जसमा रिर्पोट नेगेटिभ आएको थियो । सन्जय सोमबार डिस्चार्ज भएका हुन् । ६१ वर्षका सन्जय दत्तको तस्वीर बाहिर आएको छ जसमा उनले माक्स लगाएको देखिन्छ । तस्वीरमा सन्जय दत्त घर बाहिर गाडीबाट निस्केका देखिएको छ, उनले फोटोग्राफरलाई थम्स दिदै आफु पहिले भन्दा ठिक भएको इशारा गरेका छन् ।

आफ्नो स्वास्थ्य ठिक नभएको आफैले सामाजिक सञ्जालबाट जानकारी दिएका थिए । उनले लेखेका छन्, ‘तपाइँहरुको आर्शिवादले म ठिक भएको छु । कोविड–१९ को रिर्पोट नेगेटिभ आएको छ । लीलावटी अस्पतालका सबै आफुलाई सहयोग गर्ने स्टाफहरुलाई धन्यवाद । ’

सन्जय दत्तको अक्सिजन सैचुरेशन लेबल बिग्रिएको थियो, जसको कारण स्वास्थ्यमा बिग्रेको र छाती दुखाई भएको थियो ।



प्रतिक्रिया दिनुहोस्