Logo

सुनील सेट्टीको जन्मदिन



एजेन्सी, २७ साउन । आज बलिउड सुपरस्टार सुनील शेट्टीको जन्मदिन हो । सुनील स्टार हुनु फिल्मको कारण मात्र नभएर उनको व्यवसायले पनि हो । सुनील शेट्टीको एक चर्चित अभिनेतासँगै एक सफल व्यवसायीको हिसाबले पनि चिनिन्छन् । उनले १ सय भन्दा धेरै फिल्ममा अभिनय गरेका छन् । आजसम्म अभिनेताको नामले प्रख्यात भएका सुनील शेट्टीको व्यवसाय पनि फिल्म क्षेत्र जस्तै विशाल छ ।

सुनीलको जन्म कर्नाटकको मैगलोरमा भएको थियो र उनले आफ्नो फिल्म करियरमा १९९२ मा ‘बलवान’ बाट प्रवेश गरेका थिए । उनले फिल्ममा कमेडीदेखि लिएर एक्शनसम्म अभिनय गरे । उनी कलाकार नभई क्रिकेटर बन्न चाहान्थे । खेलाडी बन्ने ठुलो सपना थियो र खेलाडी बन्नलाई फिटनेशमा ध्यान राख्दै आएका थिए ।

सुनीलले फिल्मसँगै रेष्टुरेन्ट, क्लब र एडभन्चर पार्क पनि चलाएका छन् । उनले रेष्टुरेन्टको साथै घर जग्गामा पनि लगानी गरेका छन् । मुम्बई नजिकै खण्डलामा धेरै लक्जरी घरहरु निर्माण गरेका छन् । हाल उनी घर जग्गामा आफ्नो ध्यान केन्द्रित गरेका छन् । एउटा अन्र्तवार्तामा सम्पत्तिमा इच्छा भएको बताएका थिए ।

सुनीलले होटल म्यानेजमेन्टको पढाई सकिएपछि व्यवसाय सुरु गरेका थिए । व्यवसायी हुनथालेपछि घर जग्गाको व्यापार बढाउन थाले । धेरै लगानी बढाएपछि भने घर बनाएर बेच्ने गरेका हुन् । यसको साथै उनको प्रोडक्सन हाउस पनि छ । जसको नाम ‘पापकार्न एन्टरनमेन्ट’ राखेका छन् । उनकै बुटिक पनि छ । अभिनेता सुनील फिटनेस ब्रान्डमा पनि जोडिएका छन् ।

उनको कमाई बारेमा कुनै आधिकारीक जानकारी नभएपनि सुनीलले वर्षमा १ सय करोड भन्दा धेरै कमाई हुने बुझिएको छ । उनकी पत्नी पनि व्यवसाय गर्न आबद्ध छिन् । उनलाई केहि स्थानको व्यवसाय जिम्मा दिइएको छ । जसमा लाइफस्टाइल देखि रियल स्टेट व्यवसाय पनि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्