Logo

मेकअप गर्न नपाएर महिलाद्वारा आत्महत्या



आत्महत्या गर्नु एक अपराध हो । यस्तो कदम अपराधिक मानसिकता भएकाहरुले उठाउन गर्छन् । हाम्रो समाजमा कसैले आत्महत्या नगरुन भनेर कति स्थानमा त जागरुकता अभियान नै चलाएका छन् । कोही पनि दुखबाट निक्लन आत्महत्या गर्नु आवश्यक नभएपनि मानिसहरु गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालमा प्रकार प्रकारका मोटिभेसनल स्पीचहरु दिएका हुन्छन् । तर यति हुँदा हुँदै पनि मानिसहरु आत्महत्या जस्तो पाप हरेक दिन गरिरहेका हुन्छन् । आत्महत्या जस्तो कदम उठाउने व्यक्तिलाई यो दुनिया देखेर रिस उठेपछि आफ्नो जीवनलिला समाप्त गरीदिन्छन् । तर भारतको महाराष्ट्रबाट आत्महत्या सम्बन्धि यस्तो जानकारी आएको जहाँ महिलाले मेकअप गर्न नपाएर आत्महत्या गरेकी छिन् ।

महाराष्ट्रको नासिक जिल्लामा बस्ने एक विवहाहित महिलाले जीवनमा मेकअप यति महत्वपुर्ण थियो कि त्यसले मृत्यु निम्त्यायो । उनले आत्महत्या गर्ने कारण अनुहारमा मेकअप नटिक्नु थियो । नासिकमा बस्ने २७ वर्षकी रखमा भास्करले आफ्नो सुुसाइड नोटमा मराठी भाषामा आत्महत्या गर्ने कारण लेखेर छाडेकी छिन् । रखको आँखा केही समयदेखि लगातार दुखी रहेको थियो । उनले अरुसँग आफ्नो आँखाबाट पानी निस्कने हुनाले आफूले गरेको अनुहारमा मेकअप नटिक्ने बताउदै आएकी थिइन् ।

उनले लेखेको सुसाइड नोेटमा आफुले आँखामा गाजल लगाउन नपाएको उल्लेख गरेकी छिन् । आँखामा गाजल नलगाउदा आफु सुन्दर नदेखिने पनि उल्लेख गरेकी छिन् रखमाले आफूले आत्महत्या गरेकोले दोष कसैलाई नदिन पनि आग्रह गरेकी छिन् । रखमाको यस कुरालाई लिएरु प्रहरीले थप अनुसन्धान गरीरहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्