Logo

आधी रातमा निन्द्रामा उठेर युवाले हरेक दिन गरे यस्तो काम



सुतेका समयमा सपना कसले देख्दैन र ! मानिस मानिसमात्र नभएर जनावरले पनि सपना देख्छन् । सपना देख्नु सामान्य कुरा हुन् । हरेक दिन मानिसले फरक–फरक सपना देख्छन् । कसैले भने सपनामा देखेका कुरा तुरुन्त बिर्सन्छन् ।

आज हामी निन्द्रामा हिड्ने बिरामीको बारेमा चर्चा गर्छौ । कोही व्यक्ति निन्द्रामा नै हिड्ने गर्छ । एकजना राती निद्रामा घरको ढोका खोलेर हिड्ने व्यक्तिको बारेमा कुरा गर्छौ ।

ज्याक्सन नामका व्यक्तिलाई आश्चर्य लाग्दो रोग छ । जसको कारण हरेक दिन सामान्य तरिकाले सुतेपनि डराउने सपना देख्ने भएकोले ढोका खोलेर बेस्सरी कुद्ने गर्छन् । ३० वर्षका यी मानिस बिहान उठ्दा रातिका सबैकुरा बिर्सन्छन् ।

राति सधै भाग्ने गरेका ज्याक्सनको व्यवहराले हैरान भएका छिमेकीहरुले प्रायजसो प्रहरीलाई बोलाउने भन्दै धम्की दिन्छन् । जति नै धम्की दिएपनि ज्याक्सले दैनिक १५ मिनेटबाट २ घन्टासम्म बेसुरमा हुन्छन् । २ घन्टाभित्र उनले शौचालय जाने, खाना खाने, पिसाब गर्ने, कपडा खोल्ने लगाउने र घरको भित्र बाहिर गर्ने जस्ता काम निद्रामा नै गर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्