Logo

यी जीव कहिल्यै मर्दैनन्



यदि मानव अमर भएमा त्यो धेरैहुने थियो । विज्ञानले अमरत्व प्राप्त गर्नेको बारेमा खोजि गरिरहेको छ । तर यस संसारमा यस्ता पनि प्राणी छन् जो पहिले नै अमर छन् । आउनुहोस् त्यस्ता जीवहरुको बारेमा जानकारी लिउ ।

प्लैनरियन फ्लैटवर्मः यो प्राणी अमर हो यसलाई २ सय टुक्रा गर्न सकिन्छ । आश्चर्यको कुरा त यो जीव टुक्रा टुक्रा पारेपनि फेरी एक जीव बन्छ । यसको एक विकसीत दिमाग र नवएस सिस्टम यसको भित्र हुन्छ ।

हिड्रा या हाइड्राः सिर भएको जलव्याल भनेर चिनिने जीवको कहिल्यै पनि मृत्यु हुँदैन । हाइड्राले आफ्नो शरीरको सबै भागमा विभाजित गरेर प्रत्येक भागबाट ग्रोथ गरेर हाइड्रामा विकसित हुन्छ । यो हेर्दा अक्टोपस जस्तो देखिन्छ ।

जेलिफिसः जेलिफिसले आफ्नो सेल्सलाई परिर्वतन गरेर युवा अवस्थामा पुग्छन् र यो चक्र निरन्तर चलिरहन्छ ।

टार्डीग्रेडः पानीमा रहने ८ खुट्टा भएको र ४ मिमि लम्बाइ भएको जीव ३० वर्षसम्म खाना बिना बाच्न सक्छ र यसमा अन्तरिक्षको व्योममा पनि जिउदै रहने योग्यता हुन्छ । यो सबै प्रकारका वातावरणमा जिउदै रहन सक्छ । यो माइनस २७२ डिग्रीमा पनि कुनै समस्या बिना बस्न सक्छ र यो लगभग १ सय ५० डिग्रीको गर्मीमा पनि आराम लिन सक्छ । यो मानिसको तुलनामा सयौकरोडौ गुना धेरै समयसम्म जिउदै रहन्छ । यो प्राणी धर्तिमा ६० करोड वर्ष बस्छ । यस जीवलाई धरतीको प्राणी भनिदैन ।

अलास्कन वुड फ्रांगः यो एक किसीमको भ्यागुतो हो । यो अमर हुन्छ । अलास्कामा जब तापक्रम माइनस २० डिग्री भएमा भ्यागुतोको शरीर फ्रिज हुन्छ र सीत निन्द्रामा पर्छ । त्यतिबेला त्यहाँ ८० प्रतिशत बरफ जम्छ । यसले त्यसक्रममा सास लिन छाड्छ । दिलको धड्कन बन्द हुन्छ । तर भ्यागुतोको शरीरमाथि जमेको बरफ हटेमा अचानक इलेक्ट्रिक चार्ज उत्पन्न हुन्छ र उसको मुटु फेरी धड्कीन थाल्छ । यसलाई फ्रोजन फ्राग पनि भनिन्छ ।

लंग फिसः यो माछाले ५ वर्ष केहि नखाएपनि जिउदो रहन सक्छ । अफ्रिकामा पाउने यो माछा जमीन सुख्खा भएमा आफै जमीनमा दब्न सक्छन् । सुख्खा मौसमको क्रममा उनीहरु जमीन मुनी पस्छन् र शरीरमा मेटाबोलिज्मलाई ६० गुणा सम्म कम गर्न सक्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्