Logo

गोंगबु हत्या प्रकरणः फेसबुकमा चिनजान र अवैध सम्बन्ध



काठमाडौं, साउन २८। आइतबार गोंगबु गणेशथाननजिकै भएको बीभत्स हत्याको कारण अवैध सम्बन्ध र आर्थिक लेनदेन रहेको पाइएको छ ।

हत्याको अनुसन्धानमा संलग्न अधिकृतका अनुसार हत्याका अभियुक्त कल्पना मुडभरी र मृतक कृष्णबहादुर बोहोराबीच करिब दुई–तीन वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो ।

श्रीमान् विदेशमा भएको र श्रीमान् श्रीमतीबीच सम्बन्धसमेत राम्रो नरहेकाले कल्पनाको कृष्णबहादुरसँग आउजाउ बाक्लियो । कृष्णबहादुरसमेत विदेशबाट फर्किएका र दुई श्रीमती भए पनि दुवै श्रीमतीसँग राम्रो सम्बन्ध थिएन । यसबीचमा उनीहरूबीच अवैध सम्बन्ध गाँसियो ।

पछिल्लो समय बोहोराले फेसबुकमा आफ्नो फेक प्रोफाइल बनाएर विभिन्न पुरुषसँग कुराकानी गर्ने, गोप्य तस्बिरहरू पठाइदिने गरेको पौडेलले प्रहरीसँगको बयानमा भनेकी छन् ।

फेसबुकमार्फत नग्न तस्बिरहरू अरूलाई पठाइदिने र जथाभावी सार्वजनिक गर्दै आफूलाई ब्ल्याकमेल गर्ने र सम्बन्ध राख्ने गरेको बयानका क्रममा पौडेलले भनेकी छन् । सोही कारण आफूले हत्या गरेको उनको भनाई रहेको आजको राजधानी दैनिकमा खवर छ।



प्रतिक्रिया दिनुहोस्