Logo

गेष्ट हाउसलाई महिनावारी भाडा तिर्ने तर धेरैजसो कल्पनाकै कोठामा बस्ने गर्थे बोहरा



काठमाडौं, साउन २८ । आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टाचाहिँ ३ सय मीटर पूर्वोउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो ।

आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र मृतक कृष्णबहादुर बोहरा दुबै विवाहित हुन् ।

कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन् । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे ।

आफ्नै कोठा थिएन, गोंगबुकै एक गेष्ट हाउसमा महिनावारी भाडा तिरेर बस्थे । तर, बढीजसो रात कल्पनाकै कोठामा बिताउँथे । यस्तो क्रम दुई वर्षदेखिको हो ।

कल्पनाचाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’ मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन् । उनको विभिन्न ट्याक्सीका ड्राइभरहरूसँग बढी हिमचिम हुन्थ्यो । प्रायः ट्याक्सीमा रातको समय कोठा पुग्थिन् ।

बिहानचाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पु(याउने गर्थे । तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिनसाथ बताएका छैनन् ।

प्रहरीले घटनापछि कृष्णबहादुरको स्कुटी बरामद गरेको छ । जन आस्था साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्