Logo

आजको मौसम पूर्वानुमानः कुन–कुन प्रदेशमा हुँदै छ भारी बर्षा



काठमाडौं, साउन २८ । हाल देशका अधिकांश भू–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का बर्षा स्थानहरुमा भईरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शनिबारदेखि सक्रिय मौसमका कारण आज देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । आज प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै रातीसम्म देशभर सामान्य वदली रही बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्