Logo

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर



एजेन्सी, २८ साउन । बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले यसबारे खुलासा गरेका हुन् ।

दत्तका नजिकका साथी नाथले ट्वीटबाट क्यान्सर भएको खुलाएपछि सञ्जयले आफू उपचारका लागि केही समय फिल्मबाट टाढा रहने ट्वीट गरको छन् । उनले शुभचिन्तकहरुलाई नडराउन भनेका छन् ।

दत्त दुबईमा रहेकी पत्नी मान्यता दत्त र बच्चाहरुबारे चिन्तित रहेको बताइएको छ । उनी उपचारका लागि अमेरिका जाने भएका छन् ।
यसअघि दत्त ८ अगष्टमा अस्पताल भर्ना भई दुई दिनपछि डिस्चार्ज भएका थिए ।



प्रतिक्रिया दिनुहोस्