Logo

बस दुर्घटना अपडेटः मृतक तीनै जनाको सनाखत, घाईते ३० मध्ये १२ को अवस्था गम्भीर



डोटी, साउन २८ । डोटीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ।

दुर्घटनामा अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ का ५९ वर्षीय पदम साउँद, चौरपाटी गाउँपालिका ७ का ३१ वर्षीय टीकारा विक र साफेबगर नगरपालिका २ का ५५ वर्षीय लक्ष्मीदेवी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी घाईते भएका ३० जना मध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ भने चालक पनि समान्य घाईते भएको प्रहरीले जनाएको छ।घाईतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्किएका ३२ जना यात्रु सवार ना ६ ख २५२९ नम्बरको बस आज बिहान डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलौटमा दुर्घटनामा परेको थियो।



प्रतिक्रिया दिनुहोस्