Logo

कोरोना उपचार गराउन विमान चार्टर गरेर काठमाडौं आएका जनकपुरका पूर्वमेयरको मृत्यु



काठमाडौं, साउन २८ । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । ७३ वर्षीय गिरीको मंगलबार राति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

कोरोना भाइरस पुष्टि भएपछि १५ दिनअघि उनी काठमाडौं आएका थिए । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं आएका थिए ।



प्रतिक्रिया दिनुहोस्