Logo

विश्वभर एक अर्ब बालबालिकाको पठनपाठनमा असर, करोडौंले विद्यालय छाड्ने खतरा



एजेन्सी, २८ साउन । कोरोना भाइरस महामारीले विश्वभर बालबालिकामा ठुलो असर पारेको छ । विशेषगरी बालबालिकाको पठनपाठनमा असर पारेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले १६० भन्दा बढी देशमा विद्यालय बन्द हुँदा एक अर्ब जनसंख्यालाई असर पारेको बताएका छन् । उनले मङ्गलबार तथ्यांक प्रस्तुत गर्दै ४ करोड मानिसहरुले विद्यालय जान नपाइरहेको समेत बताए ।

कोरोना महामारीको असरले पठनपाठनबाट वञ्चित हुँदा मानव क्षमता खेर गइरहेको र त्यसले एउटा पुस्तामा क्षति पुग्ने समेत बताएका छन् । २५ करोड बालबालिका विद्यालय पठनपाठनमा सहभागी हुन नपाएको र गरिब देशका नयाँ पुस्ताले विद्यालय नै छाड्ने अवस्था बनेको खतरा औल्याए ।



प्रतिक्रिया दिनुहोस्