Logo

वरिष्ठ पत्रकार बलराम बानियाँ वेपत्ता, बल्खु पुलमा जुत्ता भेटियो



काठमाडौं, २८ साउन । वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिन देखि वेपत्ता भएका छन् । उनी २६ साउनबाट घर नपुगेपछि खोजी भइरहेको थियो । नभेटिएपछि आज प्रहरीमा लिखित उजुरी दिइएको बुझिएको छ ।

खोजीका क्रममा बानियाँको मोबाइलको अन्तिम लोकेशन बल्खु पुलमा भेट्टिएको थियो । प्रहरी स्रोतका अनुसार उनको जुत्ता भेटिएको छ । अन्तिम मोबाइल लोकेशन र जुत्ताका आधारमा उनको खोजी भइरहेको बुझिएको छ ।

कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बानियाँ मुलधारको मिडियामा निरन्तर सक्रिय रहँदै आएका छन् । उनले नागरिक दैनिकमा पनि केही समय काम गरेका थिए । उनी शान्त स्वभावका पत्रकारका रुपमा परिचित छन् ।



प्रतिक्रिया दिनुहोस्