Logo

पूर्व जर्नेल बस्न्यातद्वारा रक्षामन्त्री पोखरेलको राजीनामा माग



काठमाडौं, २८ साउन । पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले रक्षामन्त्री इश्वर पोखरेलको कडा आलोचना गर्दै राजीनामा मागेका छन् । उनले रक्षामन्त्री पोखरेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

आज फेसबुकमा लेख्दै पूर्व सहायकरथी बस्न्यातले पोखरेल रक्षामन्त्री हुनु सेनाको दुर्भाग्य भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्:

”नैतिकता भए रक्षा मन्त्रीबाट रजिनामा दिनु पर्छ
पानी ट्यान्की वाला ले नेपाली सेनाको दु:ख, काम, ईतिहास , रगत , पसिना लाई ” लकिर को फकिर ” बनाएर अब सेफ्टि ट्यान्कि मा फाल्दैछन। यस्ता चतुरे रक्षा मन्त्री हुनु सेनाको दुर्भाग्य हो।”


प्रतिक्रिया दिनुहोस्