Logo

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बिडेनले किन छाने कमला ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवार



एजेन्सी, २८ साउन । अगामी हुने अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवार जो बिडेनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार छानेर चुनावी मैदानमा जाने भएका छन् । आखिर किन उनले कमलालाई चयन गरे ?

कमला ह्यारिस अमेरिकाको इतिहासमा मुख्य दलबाट उपराष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो कालो वर्णकी महिला हुन् । कालो वर्णकी एसियन अमेरिकन मुलकी कमला ह्यारिसको अफ्रिकासँग पनि नाता छ । उनी जमैकन भारतीय मुलकी अमेरिकी हुन् ।

बिडेनले भविष्यमा अफ्रिकी एशियालीको मत तान्न पनि ह्यारिसलाई चयन गरेका हुन् । ह्यारिस स्मार्ट, कडा र नेतृत्व सम्हाल्न तयार भइसकेको कारण उनलाई चुनिएको बिडेनले मङ्गलबार बताए ।

यसअघि ह्यारिस डेमोक्रयाट्सबाट राष्ट्रपति उम्मेदवार पक्का गर्न बिडेनकै पक्षमा उभिइरहेकी थिइन् । तर, यसपाली उनलाई भाइस प्रेसिडेन्सियल चुनावका लागि चुनिएको विषयले नयाँ इतिहास कायम गर्न पुगेको छ । बिडेनले महिला छनौट गर्ने अभिव्यक्तिको अभूतपूर्व कदम उठाएका हुन् । उनले कार्यकर्ताहरुको आग्रहमा ह्यारिसलाई अग्रसर बनाएको जनाइएको छ ।

ह्यारिसले जातिय र पुस्तात्मक विविधता ल्याउँनेप्रति बाईडे्नको विश्वास रहेको कारण ह्यारिसलाई चुनेको बुझिएको छ । ह्यारिस युवा रहेको र विश्वव्यापी रुपमा ठूलो भूमिका र परिवर्तन गर्न सक्ने बाइडेनको विश्वास छ । सन् २०१४ मा क्यालिफोर्नियामा भएको पुनः चुनावको बेला ट्रम्प र उनकी छोरी इभियान्काले सर्मथन गरेका थिए । तर, मंलबार ह्यारिसको उम्मेदबारीको घोषणा भएसंगै ट्रम्प अभियानले तुरुन्तै ह्यारिसको विषयमा आलोचना गर्दै भिडियो सार्वजनिक गरेको थियो । बिडेनले चुनेको महिला ह्यारिसलाई बाइडेनको पार्टीले समेत आलोचना गरेका थिए । पार्टीका अनुसार क्यालिफर्नियासंगको राम्रो सम्बन्ध कायम गर्न करेन बासको नाम अगाडी सारेका थिए । त्यसकारण ह्यारिसलाई बाफादारीको आधारमा दास्रो नम्बरमा रखिएको जनाइएको छ ।-Photo Source: TIME



प्रतिक्रिया दिनुहोस्