Logo

बागमतीमा खसेपछि पत्रकार बलराम बानियाँलाई ‘बचाउन डोरी र बाँससमेत दिंइएको’ थियो



काठमाडौं, २८ साउन । बल्खु पुलनजिकै बागमतीमा २६ साउनमा तरकारी बजार नजिकै एकजना अधवैंशे मान्छे पुगेका थिए । उनी पुल नजिक जान खोजेपछि गस्तीको प्रहरीले सोधपुछ गरेको थियो । त्यसपछि उनी हिलोमा जुत्ता अड्किएर झिक्न प्रयास गर्दा चिप्लिएर नदीको भेलमा खसेका थिए ।

मान्छे नदीमा खसेपछि बचाउन प्रत्यक्षदर्शीले प्रयास गरे । बाँस र डोरीसमेत दिए । ती व्यक्तिले त्यसको प्रयोग गर्न सकेनन् । उनलाई नदीले बगाएको निश्चित भयो । तर, कसैले खोजखबर नगरेकाले खासै मतलब भएन । मानिस नदीमा खसेको हल्लाखल्ला वरपर भयो । प्रत्यक्षदर्शीको भनाई सुनेपछि प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धानबारे यसरी जानकारी गरायो ।

तर, आज प्रहरीमा वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि वेपत्ता भएको उजुरी पर्यो । त्यसपछि उनको मोबाइल लोकेशनको खाजी भयो । त्यस क्रममा लोकेशन बल्खु देखियो । अन्तिमपटक लोकेशन देखिएको समय हेर्दा उक्त व्यक्ति बल्खुको खोलामा खसेको समयसँग मिल्दोजुल्दो थियो ।

प्रहरीले खोजी गर्न थाल्यो । यसक्रममा उनको शव सिस्नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्डरमा फेला परेको प्रहरीले पुष्टि गरेको छ । बानियाँको शव अहिले हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि पुर्याइएको छ । खोजी समाचार समेत लेख्ने बानियाँको शव फेलापरेपछि प्रहरीले अनुसन्धान तिव्र पारेको छ ।



प्रतिक्रिया दिनुहोस्