Logo

सञ्जय दत्तले क्यान्सर जित्ने मनिषाको विश्वास, गरिन् यस्तो ट्विट



काठमाडौं, २८ साउन । बलिउडकी चर्चित नायिका मनिषा कोइरालाले बलिउड स्टार सञ्जय दत्तले क्यान्सर जित्ने भन्दै सुस्वास्थ्यको कामना गरेकी छिन् । दत्तलाई फोक्सोको क्यान्सर भएको छ । मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले यसबारे खुलासा गरेका थिए ।

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

दत्तको स्वास्थ्य चूनौतिबारे थाहा पाएपछि आफू स्तब्ध भएको कोइरालाले जनाएकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत कोइरालाले दत्तले जीवनमा ठूला-ठूला संघर्ष भोगेको र ती सबैलाई परास्त गरेको पनि स्मरण गराएकी छिन् । र, दत्तले क्यान्सरलाई पनि जित्ने उनले विश्वास लिएकी छिन् । उनले दत्तको सुस्वास्थ्यको लागि कामनासमेत गरेकी छिन् ।


दत्तका नजिकका साथी नाथले ट्वीटबाट क्यान्सर भएको खुलाएपछि सञ्जयले आफू उपचारका लागि केही समय फिल्मबाट टाढा रहने ट्वीट गरेका छन् । उनले शुभचिन्तकहरुलाई नडराउन भनेका छन् ।  दत्त दुबईमा रहेकी पत्नी मान्यता दत्त र बच्चाहरुबारे चिन्तित रहेको बताइएको छ । उनी उपचारका लागि अमेरिका जाने भएका छन् । यसअघि दत्त ८ अगष्टमा अस्पताल भर्ना भई दुई दिनपछि डिस्चार्ज भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम