Logo

सहायक वन अधिकृतसहित ६ जना अख्तियारको नियन्त्रणमा



काठमाडौं, २८ साउन । सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) यादवसमेतले सेवाग्राहीसँग १७ हजार घुस लिएको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गएको प्रहरी टोलीले खानतलासी गर्दा घुससहित सहायक वन अधिकृत यादव, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्