Logo

४८४ कोरोना संक्रमित थपिए



काठमाडौं, २८ साउन । नेपालमा कोरोना भाइरसका आज ४ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ४ सय ३२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १६ हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन् । आज ६४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्