Logo

ब्राउनसुगर सहित पक्राउ



काठमाडौं, २८ साउन । अवैध लागूऔषध सहित आर्यन चौधरी पक्राउ परेका छन् । बर्दियाको गुलरिया तुलापुरबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा से.२ प ८९०९ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई उक्त परिमाणको लागूऔषध र ३ हजार ७ सय ७० रुपैयाँ नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस्तै सुनसरी, धरान कोका खोलाबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित धनकुटा पाख्रिबासका सन्दिप राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले राईलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर बेलडाँडी क्याम्पस्थित सडकबाट ४ ग्राम ९ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईनसहित बेदकोट बिचपाटाका राकेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध र १ थान मोबाइलसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

दाङ गढवा स्थित सडकबाट ५५ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोराही प्रतिभा टोलका रिहा जुदिन र अरमान धुनिँया रहेका छन् । ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लु.३१ प १५७८ नम्बरको स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्