Logo

‘सडक २’ मा आलिया भट्ट र सन्जय दत्त हिन्दु विरोधी भन्दै विरोध



एजेन्सी, २८ साउन । राष्ट्रिय स्वयंसेवकको संगठन विश्व हिन्दु परिषदले हाल रिलीज भएको फिल्म ‘सडक २’ को ट्रेलरमा हिुन्दु विरोधी भएको बताएका छन् । रिलीज भन्दा पहिले फिल्मलाई कारवाहीको माग गरेका छन् । विश्व हिन्दु परिषदले उक्त फिल्म हिन्दु बिरोधी भएको र हिन्दुहरुको भावनामा चोट पु¥याएको दाबी गरेको छ । सुशान्त सिंह राजपुतको दुखद निधन पछि लाखौ दर्शकले स्टार किड्स र उनहिरुको फिल्मप्रति विरोध गरेका थिए ।

सन्जय दत्त, आलिया भट्ट र आदित्य राँय कपुर अभिनित फिल्म ‘सडक २’ निशाना बनाएका छन् ।अब उनीहरुले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सन्तृष्ट बनाउनु पर्नेछ ,

परिवारबादको विवादको अन्त्य नहुँदै धार्मिक भावनाको आरोप लागेको छ । विश्व हिन्दु परिषदले फिल्म निर्माता महेश भट्टको निर्देशनमा तयार भएको फिल्म विरुद्ध कारवाहीको माग गरेका छन् । जुन ओटिी प्लेटफर्ममा रिलिज हुने थियो । उनीहरुले केन्द्रिय सरकार समक्ष कारवाहीको माग गरेका छन् ।

विश्व हिन्दु परिषद का प्रवक्ता विजय शंकर तिवारीले केहि समय अघि नै हिन्दु धर्मको अपमान गरेको ट्विट गरेका थिए । भतिजावादले भरिएको फिल्ममा आलिया भट्ट, आदित्य रायको अभिनय गराएर महेश भट्टले भतिजावादको समर्थन गरेका उल्लेख गर्दै कारवाहीको माग गरेका थिए ।

आलिया भट्टले ट्विट गर्दै ‘तीन धारा, तीन कहानी एक यात्रा’ भन्दै सबैलाई ट्रेलर हेर्न अनुरोध गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्