Logo

कुटपिट गरी हत्या गरेका किशोर पक्राउ



पाल्पा, २८ साउन । कुटपिट गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । निस्दि आधामाराका रिकमान डिसुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरले रिकमानलाई साउन १० गते भलिबल खेल्ने क्रममा कुटपिट गर्दा घाइते भई स्थानीय स्वास्थ्य ईकाई क्षेत्रीखर्कमा उपचार पश्चात घर लगिएकोमा मंगलबार बिहान मृत्यु भएको सुचना आएलगत्तै प्रहरी चौकी रुक्सेभञ्जाङ र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न किशोरलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्