Logo

पैसाको सट्टाबाजी गर्ने पक्राउ



काठमाडौं, २८ साउन । खेलमा पैसाको सट्टाबाजी गरेको अभियोगमा पवन कुमार डालमियाँलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा विद्युतीय उपकरणका साधनहरु मोबाइल र ल्यापटप प्रयोग गरी क्रिकेट, फुटबल लगायतका विभिन्न खेलहरुमा पैसाको सट्टाबाजी गरेको अभियोगमा काठमाडौंको टेकु बस्ने भारत राजस्थान घर भएका डालमियाँ पक्राउ परेका हुन् ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पवन कुमारलाई अनलाइन ग्याम्बलिङ गराउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ थान ल्यापटप, ५ थान मोवाइल, १ लाख ४ हजार नेपाली रुपैयाँ, १९ हजार ३ सय भारतीय रुपैयाँ, ४ हजार २ सय ४० अफगानी मुद्रा, २ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र १ थान क्यालकुलेटर समेत प्रहरीले बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्