Logo

ढुंगा तथा इँटा प्रहार गरी फरार पक्राउ



काठमाडौं, २८ साउन । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरिका उदास पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि मातातीर्थ चोकबाट पक्राउ गरेको जनाएको छ ।

उदास र काठमाडौं बस्ने सिन्धुली घर भएका अमृत कुमार बैद्यले २०७६ चैत्र २ गते राति चन्द्रागिरिका घर भएका बा.२ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णु बहादुर श्रेष्ठलाई ढुंगा तथा इँटा प्रहार गरी सख्त घाइते बनाएका थिए । घटनामा संलग्न अमृत कुमार बैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने अनिल उदास उक्त घटना पश्चात फरार रहेका थिए ।

उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त वृत्तले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्