Logo

अपहरण गरी ९ वर्षदेखि फरार सहनी पक्राउ



पर्सा, २८ साउन । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी बन्हु सहनी पक्राउ परेका छन् । जिल्ला अदालत पर्साको २०६८ मंसिर १६ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय तोकिई फरार रहेका पटेर्वा सुगौलीका सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

५० केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेका सहनीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगंज ईनर्वाबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्