Logo

महिलाले दिएको श्रापको कारण एक तला घर



अझैपनि भारतका केहि स्थानमा डर लाग्दा कहानी छन् र यस्ता स्थान पनि छन् जुन श्रापसँग जोडिएका छन् । आज हामी भारतको राजस्थानको चेरुमा एक कहानीको बारेमा चर्चा गर्छौ । जसको असर ७ सय वर्षदेखि आजसम्म पनि भेटिन्छ । राजस्थानको उडसर गाउँमा करिव ७ सय वर्षबाट एउटा घरमा पनि तला थपिएको छैन ।

वास्तवमा यस्तो हुनुको कारण एक महिलाले दिएको श्राप मानिएको छ । सबै घर एक तले मात्र छन् । ७ सय वर्ष पहिले गाउँमा भोमिया नामका एक व्यक्ति बस्थे । एकपटक उनको गाउँमा चोर पसेर पशु चोर्न सुरु ग¥यो । चोरले चोरेको देखेर भोमिया चोरसँग भिड्न थाले । चोरले उल्टै भोमियालाई पिट्यो पिटाईबाट जोगिन आफ्नो ससुराली पुगे र घरको दोस्रो तलामा लुके ।

उनी ससुरालीमा लुकेको थाहा पाएर चोरले ससुराली घरका मानिसहरुलाई कुटपिट गर्न थालेपछि माथिल्लो तलामा लुकेको बताइदिए । लुकेर बसेका भोमियालाई चोरहरुले टाउको छिनाईदिएपछि भोमियाकी श्रीमतीले उक्त गाउँलाई श्राप दिइन, ‘यो गाउँमा कसैले दूई तले घर नबनाउनु । ’ उक्त दिनबाट आजसम्म कसैले २ तलाको घर बनाएका छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्