Logo

क्षमता २२ हजार प्रतिदिन, परिक्षण १० हजार मात्रै किन ?



साउन २८, काठमाण्डौ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दा समेत सरकारले परिक्षणको दायरा बढाउन सकेको छैन् । संक्रमितहरुको कन्टयाक ट्रेसिङ गरी परिक्षणको दायरा बढाउनुपर्नेमा सरकार परिक्षणमा कमजोर देखिएको छ । बारम्बार पिसिआर परिक्षणको दायरा बढाउने दाबी गरे पनि कार्यान्वयन फितलो देखिएको हो ।

सरकारको दावीअनुसार काम हुन्थ्यो भने यतिबेला देशभरका ३२ वटा प्रयोगशालाबाट दैनिक २२ हजार वटा कोरोना भाइरसको पिसिआर परिक्षण हुनुपर्ने हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नै दैनिक २२ हजार पिसिआर परिक्षणको क्षमता भएको दावी गरेका हुन् ।

मंगलबार एक सार्वजनिक कार्यक्रममा मन्त्री ढकालले भाषणका क्रममा दैनिक २२ हजार पिसिआर परिक्षणको क्षमता भएको बताए पनि उनले भाषण गरेकै दिन १० हजार ४ सय ८१ पिसिआर परिक्षण भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा परिक्षण भएको हो । अहिलेसम्म पिसिआर विधिबाट ४ लाख ७३ हजार १ सय ७९ परिक्षण सम्पन्न भएको छ ।

मन्त्री ढकालले भने जस्तो क्षमता यदी छ भने दैनिक किन पिसिआर परिक्षण १० हजारभन्दा मात्रै गरिएको छ ? जबकी पछिल्ला दिनमा संक्रमण फैलिदै गएको छ र संक्रमितको कन्ट्याक टे«ेसिङ गर्ने हो भने दैनिक ५० सौँ हजारको परिक्षण गर्नुपर्ने अवस्था छ । तर सिमित स्रोत साधन र जनशक्तिको अभावका कारण संक्रमितको ट्रेसिङ अर्थात संक्रमितसँग भेट भएका व्यक्तिहरुको खोजी कार्य प्रभावकारी बन्न नसकेको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख महेन्द्रध्वज अधिकारी बताउँछन् ।

३२ वटा सरकारी प्रयोगशालाबाट दैनिक १८ हजार ५ र ए लेभलका ८ वटा निजी प्रयोगशालाबाट ३ हजार ५ सय परीक्षण गर्न सकिने भन्दै आवश्यक परेको खण्डमा परीक्षणका लागि स्रोत र साधन तयारी अवस्थामा रहेको मन्त्री ढकालले दाबी गरेका छन् ।

यस अघि मन्त्री ढकालले १० देखि १५ हजार पसिआर परिक्षण गर्ने प्रतिवदता व्यक्त गरेका थिए । अहिलेसम्म सबैभन्दा धेरै परिक्षण एक दिनमा ११ हजारको हाराहारीमा पिसिआर परिक्षण भएको छ । एकातिर कन्टयाक ट्रेसिङमा समस्या त अर्काेतिर परिक्षणको दायरा आबश्यकता अनुसार हुन नसक्नु । अनि मन्त्रीहरु चाँही ठूला भाषण गर्दै हिँढिडरहने । यस्तो प्रवृत्तिले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सफल हुन सक्छ त ?



प्रतिक्रिया दिनुहोस्