Logo

सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासनलाई गृहमन्त्रालयको निर्देशन



साउन २८, काठमाण्डौ । गृह मन्त्रालयले लकडाउनका बेलादेखि वितरण हुँदै आएको सवारी पास नदिन निर्देशन दिएको छ । आज मन्त्रालयले एक निर्देशन पत्र जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई भोलिदेखि लागु हुने गरी सवारी पास वितरण रोक्न भनेको छ ।

मन्त्रालयले मन्त्रीपरिषदको निर्णयबमोजिम अर्को सुचना जारी नभएसम्मका लागि पास वितरण रोक्न निर्देशन दिएको हो । कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै अहिले जारी हुँदै आएको पास अब नदिन भनेको छ ।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएकाे निर्देशनमा  भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाई गरेको हो।

 



प्रतिक्रिया दिनुहोस्