Logo

शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन



काठमाडौं, साउन २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुनेमा उनले जोड दिएका छन् ।

बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकलाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले यसमा तत्काल निचोड निकाल्ने गरी गृहकार्य गर्न शिक्षाका सम्बद्ध अधिकारीलाई निर्देशन दिएका हुन् ।

कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रमा ठूलो क्षति भएको भन्दै उनले कुन कुन विकल्पमा हामीले काम गर्न सक्छौँ त्यसलाई तय गरेर अघि बढ्न आह्वान गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्