Logo

कोरोनाले अनुसन्धान प्रभावित



जनकपुर, साउन २९ । प्रदेश २ मा कार्यरत ९२ जना नेपाल प्रहरीमा हालसम्म कोरोना संक्रमण देखिएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाएअनुसार ३९ जना कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३ जना अझै कोरोना अस्पतालको आइसोलेनसनमा उपचार गराइरहेका छन्।

तालिमे प्रहरी, प्रशिक्षक प्रहरी हबलदार तथा इन्स्पेक्टरसम्मलाई कोरोना लागेको हो। थुनुवामा कोरोना भेटिएपछि प्रहरी कार्यालय नै सिल गर्नु परेको अवस्था छ। प्रहरीलाई कोरोनो लागेपछि अपराध अनुसन्धान प्रभावित बनेको छ।

साउन ५ गते वीरगन्जस्थित श्रीपुरबाट लागूऔषधसहित पाँच जना भारतीय पनि पक्राउ परे। उनीहरूमाथि मुद्दा चलाइयो। अदालतमा पेस गर्न जाँच गर्दा तिनीहरूमा संक्रमण देखियो। त्यसपछि श्रीपुर वडा प्रहरी कार्यालयलाई सिल गरियो।

प्रहरी तालिम केन्द्र सप्तरीमा पनि कोरोना संक्रमण देखिएको छ। केही दिनपहिले धनुषास्थित जिल्लाा प्रहरी कार्यालयका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भयो। धनुषामा ब्यारेक सिल गरियो भने राजविराजमा केन्द्र।

कोरोनाको जोखिम बढ्दै गएपछि अपराध अनुसन्धान गर्न कठिन बन्दै गएको प्रदेश प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्